खोटाङ । प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मध्यपहाडी लोकमार्गको घुर्मीदेखि लेगुवाघाटसम्म अनिश्चितकाल यातायात बन्द गर्ने जनाएको छ ।
१७ फागुणमा प्रदेश नं. १ सरकारको प्रदेशसभाले प्रदेशको नाम कोशी प्रदेश राखेपछि यस प्रदेशमा चरणवद्ध आन्दोलन गरिरहेको संयुुक्त संर्घष समितिले मंसिर २६ गतेदेखि मध्यपहाडी लोकमार्ग अन्तर्गत उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द गर्नेे शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
यातायात बन्द जिल्ला–जिल्लामा रहेका संयुक्त संघर्ष समितिले गर्ने जनाईएको छ । त्यसभन्दा अघिल्लो दिन मंसिर २५ गते प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङले मध्यपहाडी लोकमार्गको हलेसी, नुनथला, दिक्तेलमा साँस्कृतिक तथा साहित्यिक कार्यक्रम गरी विरोध सभा गरिने तयारी रहेको प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले जानकारी दिनुभयो ।
कोशी नामाकरण विरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको संघर्ष समितिले कोशी प्रदेश नामाकरणमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानको आन्दोलनलाई खिसीटीउरी गरि पहिचान पक्षधरको आत्मसम्मानमा चोट पु-याउने व्यक्तिहरुलाई जिल्ला प्रवेशमा निषेध, कोशी प्रदेश लेखिएको बोर्ड हटाउने/मेटाउने कार्य निरन्तर गरिरहेकामा पुन नामाकरण गर्न थप दवावपूर्ण कार्यक्रमहरु संयुक्त संघर्ष समिति केन्द्रले तय गरेकाले बन्दको कार्यक्रम घोषणा गरिएको जनाईएको छ ।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति बन्द आव्हान गरेको दिन नै अर्थात मंसिर २६ गते नै ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओखलढुंगाको हर्कपुर आउने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा देशभक्त समाजवादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समिति केन्द्रीय घटक समूहको नेतृत्वकर्ता गोपाल किराँती, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राई, किराँत समन्वय परिषदका प्रदेश अध्यक्ष रमेश राई र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य कृष्ण चोङबाङले पहिचानका लागि संघर्षका कार्यक्रम गर्नु परेको बताउनु भयो ।
पत्रकार सम्मेलनमै जिल्लाबासीलाई जिल्ला बाहिर जान आउन परेमा मंसिर २५ गते १ बजेसम्म यात्रा गरिसक्न र एमाले भित्रका पहिचान पक्षधरलाई ओली आउने कार्यक्रममा नगईदिन आग्रह गरेको छ ।
पहिचानको आन्दोलन कुनै पनि पार्टी विरुद्ध नभई ८२ सांसद विरुद्ध भएको तर, एमाले पहिचानको विरुद्ध जोरी खोज्दै आएकाले प्रतिरोध गर्नु परेको जनाईएको छ ।
एमाले अध्यक्ष ओलीले पहिचानको आन्दोलन विरुद्ध विष वमन गरेकाले हर्कपुर आउनमा अवरोध गर्ने र खोटाङ छिर्न नदिने एकीकृत समाजावदी पार्टीका केन्द्रीय सदस्य चोङबाङले बताउनुभयो ।
ओली आउने दिनकै बन्द आव्हान संयोग नभई जानेरै बन्द गरिन लागिएको चोङबाङको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच