स्याङ्जामा हङकङ पार्क समुद्घाटन तथा हस्तान्तरण

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा। स्याङ्जा जिल्लाको सदरमुकामस्थित बालमन्दिर अगाडि नवनिर्मित हङकङ पार्कको एक कार्यक्रमका बिचमा उद्घाटन गरिएको छ । स्याङ्जा जनसेवा समिति हङकङद्वारा पुतलीबजार १ मा निर्मित गरिएको उक्त पार्कको शनिबार उद्घाटन तथा पुतलीबजार नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले नवनिर्मित हङकङ पार्कको उद्घाटन गर्दै हङकङमा बस्ने नेपालीहरूको कामको प्रशंसा गर्नुभयो ।

सङ्घीय सांसद राजु थापाले हङकङ पार्कको संरक्षण र थप विकासका लागि पुतलीबजार नगरपालिकाको ध्यानाकर्षण गराउँदै आफ्नो तर्फबाट यसको संरक्षणमा सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, जिल्ला समन्वय सभापति श्रीप्रसाद जिटी, पुतलीबजार नगरपालिकाकी निवर्तमान मेयर सीमाकुमारी क्षेत्री, निवर्तमान प्रदेश सदस्य सीता सुन्दास लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०५८ सालमा स्याङ्जा जनसेवा समिति हङकङ गठन भएको हो । हङकङमा बस्ने नेपालीहरूको आर्थिक सहयोगमा पार्कको निर्माण भएको हो । करिब ७० लाख लागतमा यो पार्क निर्माण गरिएको अध्यक्ष ईश्वर गुरूङले बताउनुभयो ।

समितिले खेलकूद, शिक्षा, संस्कृति, समाजसेवा लगायत विविध क्षेत्रमा काम गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?