सामुदायिक अस्पतालहरु सरकारले संचालन गर्नुपर्छ : पूर्वमन्त्री त्रिपाठी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले सामुदायिक अस्पतालहरुको पूर्ण स्वामित्व लिएर सञ्चालन गर्नु पर्ने बताउनु भएकाे छ ।

स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर समुदायको आवश्यकतामा संचालनमा आएका सामुदायिक अस्पतालहरुलाई प्रष्ट नीति बनाएर सरकारी स्तरबाट संचालन गरिनु पर्ने बताउनु भयो । आफू स्वास्थ्यमन्त्री हुँदा नागरिकले महसुस गर्ने गरि स्वास्थ्य क्षेत्रको नयाँ आयमको रुपमा ट्रमा सेन्टरको परिकल्पना गरिएको उहाँले बताउनु भयो । देशको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नु पर्ने अवस्था रहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रको सुधार गर्ने योजना अनुरुप ट्रमा सेन्टरको अवधारणा विकास गरिएको बताउनु भयो ।

देशमा स्वास्थ्य क्षेत्र निकै सुधार गर्नु अवस्थामा रहेकाले केन्द्र, प्रदेश र स्थानीय सरकारले सुधार क्षेत्र सुधारका योजना सहित बजेट र कार्यक्रम अगाडी बढाउनु पर्ने त्रिपाठीको भनाइ छ । सहिद स्मृति सामुदायिक अस्पतालको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै त्रिपाठीले अस्पतालको भौतिक सरचना राम्रो रहेपनि गुणस्तर सेवा सुबिधा प्रदान गर्ने बिषय चुनौती पुर्ण रहेको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य सरिता भुसालले जनताको पहिलो आवस्यक शिक्षा र स्वास्थ्य रहेको बताउदै उहाले सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्न नसकेको बताउनु भयो । सामुदायिक स्तरबाट जनताले आफ्नो गास कटाएर लगानी गरेका सामुदायिक अस्पतालहरु के कसरी संचालन गर्ने र स्थापना भएका अस्पताललाई जोगाएर जनताको सेवामा के कसरी दीर्घकाल सम्म सञ्चालन गर्ने सकिन्छ भनेर रणनीतिक योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले अब केहि समय भित्र नै ट्रमा सेन्टर बन्ने बताउनु भयो । नेपाल सरकारले तय गरेका मापदण्ड अनुसारको आवश्यक कागजात पेस गरिएको बताउँदै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरमा अब छिट्टै ट्रमा सेन्टर बन्ने बताउनु भयो । नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले कामकाजी टिम बनाएर सबैसंग समन्वय गरि अस्पताल सञ्चालन गर्ने नयाँ योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को क्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने सकिए राम्रो हुने बताउनु भयो । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले स्वास्थ्य क्षेत्रमा राम्रो गर्न सुस्ता गाउँपालिका तयार रहेको बताउनु भयो । उपप्रमुख रुद्र प्रकाश उपाध्यायले दक्ष मानव स्रोत व्यवस्थापनका लागि अस्पताल विकास समिति र नगर बीच छलफल गरि अगाडि बढ्न सकिने बताउनु भयो ।

बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहा, सस्थाका सल्लाहकार बृहस्पति अधिकारी, नेपाली काङ्ग्रेसका नगर सभापति दामोदर जि।सि, नेकपा एमालेका नगर अध्यक्ष रवीन्द्र बिक्रम हमाल, एकीकृत माओवादीका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र बुर्जा मगर, संस्थापक अध्यक्ष क्षेत्र बहादुर थापालगायतले बोल्नु भएको थियाे।

कार्यक्रममा संस्थाका अध्यक्ष निमानन्द न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष उर्मिला क्षेत्रीले स्वागत गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?