काठमाडौं । सामाजिक सुरक्षा कोषले सुनसरीको अरिहन्त मल्टी फाइबर्सलाई सम्मान गरेको छ । कोषको छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले अरिहन्त मल्टिफाइबर्सका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । अरिहन्त उत्पादनमूलक उद्योगतर्फबाट कोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९/०८० मा योगदानकर्ता श्रमिक संख्याका आधारमा उत्कृष्ट रहेकाले प्रशंसापत्र प्रदान गरिएको हो ।
उद्योगपति गोल्छाले नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने आफ्ना हजुरबा स्वर्गीय रामलाल गोल्छाको ड्रिम प्रोजेक्टका रूपमा रहेको जुट उद्योगलाई आफूले निरन्तरता दिएको बताउनुभएको थियो । जुट उद्योगका कारण आफूले प्रशंसापत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको उहाँको भनाइ थियो ।
सुनसरीको दुहबीमा ३१ वर्षदेखि सञ्चालित अरिहन्त मल्टिफाइबर्समा ४२ सय श्रमिक कार्यरत छन् भने ४० प्रतिशतभन्दा बढी महिला श्रमिक रहेको कम्पनीले जनाएको छ । दैनिक ८५ मेट्रिकटन उत्पादन क्षमता भएको उद्योगका सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । उद्योगले वार्षिक पाँच सय करोडभन्दा बढी मूल्यका जुटका सामग्री निर्यात गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच