क्रियटिभ ब्रोडकाष्टिङ मिडिया प्लसद्वारा सम्मान

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । क्रियटिभ ब्रोडकाष्टिङ मिडिया प्लसले समाजका विशिष्ट व्यक्तित्वलाई राष्ट्रिय सम्मान गरेको छ । शनिबार पोखराको सभागृहमा विशेष कार्यक्रमबीच संस्कृतिविद् तथा सताब्दी पुरुष सत्य मोहन जोशी, डा.सन्दुक रूइत, महानायक राजेश हमाल, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, कुलमान घिसिङ, भुषण दाहाल, गायक कर्ण दाश र संगीतकार सुनिल मास्केलाई खादा, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले सम्मान गर्नुभएको थियो । शताब्दी पुरुष सत्यमोहन जोशीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

क्रियटिभ ब्रोडकाष्टिङ मिडिया प्लसको यो दशौं राष्ट्रिय सम्मान हो । कार्यक्रममा होटल सारालाई कदर सम्मान गरिएको थियो । संस्थाका प्रबन्ध निर्देशक मिलन प्रतीकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नरेश भट्टराईले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?