आइस्पान र प्राधिकरण विवादमा क्यानको चासो

Read Time = 2 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकको विद्युत् लाइन काटिएका सन्दर्भमा चासो प्रकट गरेको छ । इन्टरनेट देशको अत्यावश्यक सेवा र मानव अधिकारका रूपमा स्थापित भइसकेका सन्दर्भमा जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय भएको भन्दै क्यानले सरोकारवाला निकायबीच सहकार्य र समन्वयमा जोड दिएको छ ।

इन्टरनेट लाइन काट्दा सामान्य नागरिकदेखि सार्वजनिक संघसंस्था, उद्योग व्यवसाय तथा सरकारसमेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले विद्यमान जटिल अवस्था समयमै नियन्त्रण र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने क्यानको सुझाव छ । नेपाल विद्युत् प्राधिकरणको पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) लगायतका सरोकारवालाबीच तत्काल साझा समझदारी बनाउन पनि क्यानले आग्रह गरेको छ ।

इन्टरनेट सेवा उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्य र मातहतका निकायबीच तत्काल समन्वय गरी आवश्यक निर्णय/निर्देशन दिई भविष्यमा पुनः यस्ता जटिलता नआउने गरी इन्टरनेट सेवा प्रवाहलाई सहज बनाउन स्पष्ट नीति र निर्देशन तर्जुमा गर्नुपर्नेमा क्यानका महासचिव चिरञ्जीवी अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?