त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका नागरिक रहेकाे बताइएको छ ।

साथै शंकास्पद दुईजना सुडानी नागरिक पनि पक्राउ परेका र  उनीहरुमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

दुई दिनअघि पनि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?