यू १९ एसिया कपः अफ्गानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

Photo : CAN

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको हाे । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनाएको हो ।

यस खेलमा शतक बनाएका जमशिद जद्रान रिटायर्ड हर्ट भएका थिए । अफगानिस्तानका लागि जमशिद जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामी,गुलशन झा र सुबाश भण्डारीले २(२ विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?