
काठमाडौं । उद्यमशीलता विकास गरी स्वरोजगारी सिर्जना गर्ने तथा स्वस्थ लघुवित्त र समृद्ध सदस्य निर्माणको कार्यनीति पारित गर्दै आइतबार स्वावलम्बन विकास केन्द्रको ३२औँ साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा आफ्ना सदस्य संस्था, साझेदार संस्था तथा अन्य सरोकारवालासँगको सहकार्यमा लघुवित्तकर्मी एवं सदस्यको सीप र क्षमता विकास गरी विपन्न परिवारमा लघुवित्त पहुँच विस्तारमा काम गर्ने दृढता सदस्य संस्थाका प्रतिनिधिहरूले पनि व्यक्त गरेका छन् । साथै साधारणसभाले उद्यमी नयाँ पुस्ता तयार गर्न लघुवित्त सदस्यका छोराछोरी तथा अन्य युवालाई उद्यमशीलतामा लाग्न प्रेरित गर्ने, तीन शून्यको अवधारणा (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन) अनुसार विगतका सफल अभ्यासलाई निरन्तरता दिँदै लघुउद्यमशीलता र वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमलाई पनि प्राथमिकतासाथ अघि बढाउने निर्णय गरेको छ ।
केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको उद्देश्य सदस्यलाई ऋणी बनाउने नभई उद्यमी बनाई स्वरोजगार, स्वसक्षम र आत्मनिर्भर बनाउने, गरिबी एवं विपन्नताको अन्त्य गर्नु रहेको भन्दै गैरवित्तीय सेवासमेत दिएर सदस्यलाई उत्प्रेरित गरीे जीवनस्तर माथि उकास्नुपर्ने कुरामा जोड दिनुभयो । हाल ग्रामीण क्षेत्रका युवामा बेरोजगारीका कारण चरम निराशा फैलिएको बताउँदै उहाँले लघुवित्त कार्यक्रममार्फत् देशमा स्वरोजगारी सिर्जना तथा हाल भइरहेको युवाशक्ति पलायन रोक्न टेवा पुग्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा जाल्पा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी, छिमेक लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारी, चमेली साकोसका प्रमुख कार्यकारी अधिकृत भरतकुमार साह, सिर्जना विकास केन्द्रका सचिव विष्णु बराललगायतले गरिबी निवारणमा लघुवित्तको भ्रमिकाको चर्चा गरेका थिए । २०४८ साल पुस १७ गते कर्णालीको जुम्लाबाट सामुदायिक स्वावलम्बन विकास परियोजना सञ्चालन गरेर काम सुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुरबाट स्वावलम्बन बैंकिङ कार्यक्रम सुरु गरेकोे थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच