
काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहनेछ ।
काठमाडौंमा हिजोदेखि जारी बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ । उहाँले आफनो राजनीतिक प्रस्तावमार्फत राजावादी पार्टी, संगठन र संघ संस्थाका बिचमा मोर्चाबन्दी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उक्त जारी बैठकमा महामन्त्री राजाराम बर्तौलाले सांगठानिक र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत प्रतिबेदनमा ‘भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ नामक राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
आज सम्पन्न हुने केन्द्रीय समिती बैठकको छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
हिजो देखि सुरु भई दुई दिनसम्म सञ्चाललन हुने केन्द्रिय समिती बैठक आज दिउँसो काठमाडौं उपत्यका भेलामार्फत निर्णयहरु सार्बजनिक गरेर सम्पन्न हुने बताईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच