सिलगढी । युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले सर्जकहरू कृष्ण प्रधान, चन्द्र भण्डारी, डा.डीआर उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको छ । सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
सम्मानित हुनुहुने सर्जक कृष्ण प्रधान साहित्य सिर्जना र पत्रकारितामा लामो समयदेखि योगदान गर्दै आउनुभएको छ । पेशाले अध्यापन गर्नुहुने प्रधानका कविता, (लामो कविता), गीत, हास्यव्यंग्य निबन्ध र समालोचनाका चालिस कृतिहरू प्रकाशित छन् । प्रधान आकाशवाणी खरसाङको अनुमोदित गीतकार र फुटबल कमेण्टेटर पनि हुनुहुन्छ ।
यसैगरी अर्का सम्मानित पत्रकार एवं सर्जक चन्द्र भण्डारी लामो समयदेखि पत्रकारिता गर्दै गीत, कविता, कथा, संस्मरणमा कलम चलाउँदै आउनु भएको छ । भण्डारी गीत सिर्जनामात्र गर्नुहुन्न आफैं गीत गाउनु पनि हुन्छ । विसं २०२४ देखि साहित्य सिर्जनामा लाग्नु भएका भण्डारीका ४०० बढी कविता, ३०० बढी गीत, २५ कथा, तीनवटा गीति एल्बम छन् । भण्डारीका जेल संस्मरणलगायत कृति प्रकाशोन्मुख छन् ।
भण्डारीले ‘आँखो, देवानछाप, स्मारक, मेचीनगर, सांराश, प्रकाश, युगज्ञान, सुगन्ध’ जस्ता पुस्तक पत्रपत्रिकाको सम्पादन पनि गर्नुभएको छ । विगत ३० वर्षदेखि पत्रकारितामा गर्दै आउनुभएका भण्डारीले २० वर्षअघिबाट रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण पनि गर्दै आउनुभएको छ ।
सम्मानित हुनुहुने अर्का विश्वकीर्तिमानी सर्जक डा.डीआर उपाध्याय उपन्यास, कविता, गीत, कथा, विभिन्न विषयमा लेख रचना लेख्नुहुन्छ । डा.उपाध्यायले १४ उपन्यास, २०० बढी गीत सिर्जना, संगीत र गायन पनि गर्नुभएको छ । ३३ बढी म्युजिक एल्बम निकाल्नु भएका डा.उपाध्यायले १३२ बढी विश्वकीर्तिमानी अवार्ड र अन्य थुप्रै सम्मान तथा पुरस्कार पाउनु भएको छ । उहाँका तीनवटा गीतसंग्रह पनि प्रकाशित छन् ।
डा.उपाध्याय नेपालका लागि अमेरिका बुक अफ रेकर्ड युसए, युरोपियन रेकर्ड बुक्स हंगेरी र द ब्रिटिश वल्ड रेकर्ड लण्डनको ब्राण्ड एम्बेसडर हुनुहुन्छ । यस्तै अर्का सम्मानित सर्जक अनिता निरौलाले लघुकथा, नाटक, जीवनी, निबन्ध, अनुवाद, पत्रकारितामा योगदान गर्दै आउनुभएको छ । उहाँका व्लायक एन हृवाइट सिक्किममा संगीतभित्रकाहरू र साहित्यकार सानुभाई शर्माको मोनोग्राफ कृतिहरू प्रकाशित छन् ।
विगत ४५ बर्षदेखि आकाशवाणीलगायतमा पत्रकारितामा योगदान गर्दै फेसबुक र युट्युब पेजमा ‘वाणी’ को सञ्चालन गर्नु हुने निरौलाको वृत्तचित्र निर्माण पनि योगदान छ । उहाँका हिन्दी कविता र लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । शिक्षण पेशामा समेत रहिसक्नुभएकी निरौलाले नेपाली सांगीतिक कार्यक्रममा प्रत्यक्ष पाश्व उद्घोषक भएर पनि योगदान गर्नुभएको छ ।
इण्डिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल सर्जक निरौलाले शोभा राई खोजी पत्रकारिता पुरस्कार, प्रेस क्लब अफ सिक्किम र डब्लु फ्कटरबाट वोमेन एचिभर सम्मानलगायत सम्मान र पुरस्कार पाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच