काठमाडौं । मौद्रिक नीति समीक्षापछि पहिलो कारोबार दिन आइतबार सर्किट लागेर बन्द भएको सेयर बजार सोमबार भने दोहोरो अंकले घटेको छ । आइतबार नेप्से एक सय ११ अंकले बढेपछि कारोबार नै बन्द भएको थियो । तर, सोमबार कारोबार रकम बढे पनि नेप्से भने १५.४० अंकले घटेर १९४८.५७ अंकमा झरेको हो । तथापि यस दिन झण्डै पाँच अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तीन सय तीन कम्पनीका एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता सेयर चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८७ रुपैयाँमा कारोबार भएको हो ।
यस दिन कारोबारमा आएका धेरै समूहगत सूचक घटेकोमा म्युचुअल फण्डको इण्डेक्स सर्वाधिक २.१४ प्रतिशतले बढको छ । निर्जीवन बिमा १.३७, लघुवित्त ०.४४ र उत्पादन तथा प्रशोधनमूलक ०.२७ प्रतिशतले बढेको छ । विकास बैंक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ भने बैंकिङ, वित्त, होटल तथा पर्यटनमूलक, लगानी, अन्य र व्यापार पनि एक प्रतिशतभन्दा धेरै घटेको छ । धेरै कारोबार हुने कम्पनीमा बिमा कम्पनी अग्रस्थानमा रहेका छन् । शीर्ष १० मध्ये छवटा बिमा कम्पनीको धेरै कारोबार भएको छ । सोनापुर मिनरल्सको सर्वाधिक २५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख ६६ हजार, सिटिजन लाइफको १४ करोड ५६ लाख ७६ हजार, माउण्टेन इनर्जीको १४ करोड ४० लाख ६९ हजार र शिवम् सिमेन्टको १३ करोड ७३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
सानिमा जिआइसी, सन नेपाल लाइफ र सोल्टी होटलको १० करोडभन्दा बढीको कारोबार भएकोमा आइएमई लाइफ र आइएमई प्रुडेन्सियल इन्स्योरेन्स पनि शीर्ष कारोबार हुने १० कम्पनीमा समेटिएका छन् । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, सामुदायिक लघुवित्त, दोल्ती पावर कम्पनी, हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इन्फिनिटी लघुवित्त ९.६०, मानुषी लघुवित्त ९.३३, सानिमा मिडिल तमोर ८.०२, सनराइज ब्लुचिप फण्ड ८, गुराँस लघुवित्त ७.५४ र विजय लघुवित्तको सेयर मूल्य सात प्रतिशतले बढेको छ । समता लघुवित्तको सेयर मूल्य भने ७.१५ प्रतिशतले घटेको छ भने मन्दाकिनी ५.८७, स्वाभिमान लघुवित्त ५.४७, एसियन हाइड्रोपावर ५.३८ र अपरस्याङ्गे हाइड्रोपावरको ५.२६ प्रतिशतले घटेको छ । सोमबारको गिरावटपछि समग्र बजार पुँजीकरण २३ अर्ब ७६ करोड दुर्ई लाखले घटेर ३० खर्ब चार अर्ब ५० करोड ५३ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
कम्पनीहरूले ३० अघि नै जानकारी दिनुपर्ने
नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचीकृत कम्पनीहरूलाई ३० दिनअघि नै लक इन पिरियड सार्वजनिक गर्न निर्देशन दिएको छ । कम्पनीको विवरण समयमैै जानकारी नहुँदा बजारमा लगानीकर्ता झुक्किने र कारोबारसमेत प्रभावित हुने गरेकाले कम्पनीहरूले लक इन पिरियडको कम्तीमा ३० दिनअघि सार्वजनिक सूचना गर्नुपर्ने बोर्डले निर्देशन दिएको हो ।
बोर्डले सोमबार विज्ञप्ति जारी गर्र्दै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लक इन अवधिसम्बन्धी व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्तालाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकाले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिमको व्यवस्था गर्न, गराउन नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ र सम्पूर्ण सूचीकृत संगठित संस्थालाई निर्देशन दिएको छ ।
निर्देशनअनुसार सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको सेयरको बिक्री गर्न नपाइने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअघि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन सेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल सेयर संख्या, लक इन अवधि समाप्त हुने मितिसमेत स्पष्टरूपमा खुलाई सार्वजनिक जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, सोको जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङलाई उपलब्ध गराउनुपर्ने साथै सोसम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधि समाप्त भएपछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्ने गरी सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा समेत राख्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच