एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँट

Read Time = 2 mins

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ  आइतबार बाँडफाँट गरेको छ ।

यस आइपीओमा ६९ हजार ७२० जना सर्वसाधारणहरुको आवेदन गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटकाअनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो ।

हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

एसियन हाईड्रोपावरको आइपीओमा कुल १४ लाख ३२ हजार २२२ जनाले आवेदन दिएकोमा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पारेकाछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ । हाईड्रोपावरले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ४२ हजार कित्ता र २ प्रतिशत (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको र बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो ।

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?