यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३३.१४ र बिक्रि दर १३३.७४ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३१ रुपैयाँ र बिक्री दर ८७.७१ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३६ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १५ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ०८ पैसा र बिक्री दर १० रूपैयाँ १३ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ र बिक्री दर ३५.६६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६० पैसा र विक्रीदर ४३३.५५ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?