दाङ । रोजगारीको खोजीमा अफगानिस्तान पुगेका तत्कालीन माओवादी लडाकुका कम्पनी कमान्डर रामचन्द्र खड्का युक्रेनको बागमोथमा बम आक्रमणमा परी घाइते भएका छन् ।
दाङको तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का तीन महिनाअघि भारतको नयाँ दिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेको खुल्न आएको छ । खड्काको हाल मस्कोस्थित अस्पतालमा छन् । उनलाई घटनास्थलबाट हवाई उद्धार गरिएको थियो । २०६८ सालमा रुकुमबाट दाङ झरेका रामचन्द्रले तुलसीपुर उपमहानगरपालिका–१९, थानगाउँमा व्यावसायिक कागती खेती गर्नुभएको थियो । त्यसबाट खासै उपलब्धि नभएपछि उहाँ रुसी सेनामा सहजै भर्ती हुने सुनेर त्यता लाग्नुभएको पारिवारले जनाएको छ ।
खड्का उपचारक्रममा लामो समय अस्पताल बस्नुपर्ने हुन सक्ने जानकारी पाएका परिवारजन उनी पुनः लडाइँमा फर्कनुपर्ला कि भन्ने चिन्तामा छन् । दाङबाटै रुसी सेना बन्न गएका एकजना अहिले सम्पर्कविहीन छन् भने एकजना युक्रेन सेनाको नियन्त्रणमा रहेको खुलेको छ । विद्यार्थी भिसामार्फत् युक्रेन पुगेका दाङसहित रोल्पाका थुप्रै युवा रुसी सेनामा भर्ती भएको बताइएको छ ।
यता सरकारले युद्धग्रस्त रुसमा सेना बन्न गएका नेपालीको यकिन सङ्ख्या पत्ता लगाएर उनीहरूलाई नेपाल ल्याउन कुटनीतिक पहल थालेको जनाएको छ । सेनामा भर्ना भएकाको सङ्ख्या, निधन भएका तथा अहिले सम्पर्कविहीन भएकाको यकिन सङ्ख्या पत्ता लगाउने काममा मन्त्रालय लागेको छ ।
सेनामा रहेका नेपालीलाई नेपाल फर्काउन रुस सरकारलाई मन्त्रालयले पत्राचार गरिसकेको पनि मन्त्रालयले जनाएको छ । साथै सम्पर्कमा नरहेका नेपालीको विवरण उपलब्ध गराइदिन सरकारले रुसलाई पत्राचार गरेर माग गरेको छ ।
रुसी सेना बनेका थुप्रै नेपालीमध्ये केहीको युक्रेनसँगको युद्धका क्रममा निधन भएको छ । केही अहिले पनि सम्पर्कविहीन छन् भने केहीलाई युक्रेन सरकारले नियन्त्रणमा लिएर राखेको छ । रुसी सेनामा भर्ना भएका नेपालीमध्ये अहिलेसम्म ६ जनाको निधन भएको परराष्ट्र मन्त्रालयको तथ्याङ्क छ तर अहिलेसम्म कति जना सम्पर्कविहीन छन् भन्ने यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच