मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली 

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नेकपा एमालेको सरकार जवरजस्तीरुपमा हटाईएकोले मुलुकको बिकास ओरालो गतिमा लागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीका लागि मिसन ८४ भनिएको बताउँदै अध्यक्ष ओलीले यो एमालेले प्रतिनिधित्व गरे पनि त्यो नेपाली र जनताको मिसन लागि बताउनुभयो । नेपाली काँग्रेसका नेताहरुले समेत ८४ सम्म जान नसकिने बताउँदै आएकाले अहिलेको सरकार सो अवधीसम्म नटिक्ने बताउनुभयो । यो सरकार आफनै अयोग्यताले नटिक्ने बताउँदै अध्यक्ष ओलीले देशभक्त, बिकासप्रेमी, सुशासन, भेदभाव र पक्षपात नगर्ने सरकार मुलुकमा आवश्यक रहेको बताउनुभयो ।

समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा बोल्नु हुदै अध्यक्ष ओलीले साढे तीन बर्षको अवस्थामा एमालेले असाधारण बिकास गरेको बताउनुभयो । एमालेले मात्र देशको बिकास गर्ने दावी गर्दे ओलीले बिकासका लागि चिन्ता नर्गन सवैलाई आग्रह समेत गर्नु भयो ।

गत मंसिर १४ गतेबाट सुरु संकल्प यात्राका क्रममा बुधवार भोजपुर आई पुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागि हुँदै बिहिवार धनकुटा हुदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?