धनगढी । सालिक राख्न दिने नदिने विषयमा राजनैतिक दलहरुबीच मत भिन्नता भएपछि कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्व राजा महेन्द्र शाहको सालिक राख्ने तयारी गरेको थियो । तर, अन्य राजनैतिक दलहरुले त्यसको विरोध गर्दै आएका थिए ।
भीमदत्त नगरपालिका –४ मा रहेको संविधान चोकको आसपास क्षेत्रमा सालिक स्थापना गर्न दिने वा नदिने विषयमा राजनीतिक दलबीच मतभिन्नता देखिएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सात दिनसम्म निषेधाज्ञा जारी गरेको हो ।
जसमा संविधान चोक र सो चोकवाट पूर्व दशरथ चन्दको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्र ५ जना भन्दा बढी भेला हुन कार्यक्रम गर्न निषेध गरिएको छ ।
प्रशासनले जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम संविधान चोक र सो चोक पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक क्षेत्र, संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
तोकिएको क्षेत्रमा आजदेखि सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच