पाल्पा । स्थानीय तहदेखि केन्द्रिय तहसम्म भ्रष्टाचार मौलाउँदै गएको छ । संघीयता लागुभएयता नेपालमा झन भ्रष्टाचारले एकपछिअर्को सीमा नाघ्दै गएको हो ।
राष्ट्रको समग्र विकास र समुन्नतिका लागि सुशासन अपरिहार्य हुन्छ । सुशासन असल शासकीय पद्धति हो । सुशासनको एक प्रमुख आधार भ्रष्टाचार निवारण हो तर यहाँ दिनप्रतिदिन भ्रष्टाचार बढ्दै जाँदा सुशासन समेत कमजोर बन्दै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले २०२२ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचांंकमा नेपाललाई ११० औं स्थानमा राखेको छ । भ्रष्टाचार नभएको सायदै यहाँ कुनै क्षेत्र होला । राज्यकोषको ढुकुटी चरमरुपमा दोहन गर्ने र बाह्य अनुदान एवं ऋण खोज्दै चाहर्ने प्रवृत्ति देशको मूल समस्याको रुपमा रहेको छ । भ्रष्टाचार हुनुमा सबैभन्दा बढी हात सार्वजनिक ओहोदामा बस्नेहरुको छ ।
पछिल्लो समय पाल्पाका स्थानीय तहमा समेत भ्रष्टाचार बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी मध्ये एक तिहाई स्थानीय तहका मात्रै छन् । स्थानीय सरकारको नेतृत्वकर्ता स्वऐच्छाचारी ढंगले अगाडि बढ्दा बेथिति बढेको हो । उजुरी मात्रै होइन, जनप्रतिनिधिले मुद्दा समेत व्यहोर्नु परेको छ । घुस, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी, गैरकानूनी लाभ वा हानी पु-याउने काममा जनप्रतिनिधिहरु संलग्न रहेको पाइन्छ । जनताको सेवा गर्छु भनेर खटिएका जनप्रतिनिधिले गलत काम गर्दा जनविश्वास समेत गुम्न पुगेको छ । सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा भ्रष्टाचार बढ्दै जानुले सुशासनलाई कमजोर बनाएको प्रष्ट हुन्छ । भ्रष्टाचार माथिल्लो तहका राजनीतिक वा प्रशासनिक नेतृत्वदेखि तल्लो तहका राजनीतिक कार्यकर्ता र कर्मचारीसम्म भएको पाइएको छ ।
पारदर्शिता र जवाफदेहिताको कमीले दिनप्रतिदिन भ्रष्टाचारले प्रश्रय पाइरहेको राप्रपा पाल्पाका नेता देवेन्द्रबहादुर रायमाझी बताउँनुहुन्छ ।
संविधानअनुरूप कानुन र नीति निर्माण भए पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गराउनमा सरकार चुकेको उहाँको आरोप छ । नेता रायमाझीले भन्नुभयो,‘सरकार आफैँले भ्रष्टाचारीहरूको संरक्षण गरेको छ, केही व्यक्तिलाई पक्राउ गरेझै गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।’ अहिले सरकार नियमनकारी भूमिकामा भन्दा पनि भ्रष्टाचारीको संरक्षणकारी भूमिकामा देखिँदा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गराउन थप चुनौती देखिएको उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि दलका नेताहरूले सुन्ने प्रतिबद्धता जनाए पनि त्यसको पालना गर्न सकेका छैनन् । जसका कारण पछिल्लो समय संस्थागत र नीतिगत भ्रष्टाचार मौलाएको हो ।
‘भ्रष्टाचार अन्त्य गर्न सरकार प्रयत्नशील छ’: देशमा भ्रष्टाचार मौलाउँदै गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भ्रष्टाचार अन्त्य गर्न सरकार प्रयत्नशील रहेको दावी गर्दै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच