तिला गाउँपालिकाभित्र घर तथा भवन बनाउँदा नक्सापास अनिवार्य

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले घर नक्सा तथा भवन निर्माण कार्यविधि, २०८० कार्यान्वयनमा ल्याएको छ । कार्यविधि कार्यान्वयनमा आएसँगै अब पालिका भित्र घर बनाउँदा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेको हुनुपर्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिनुभयो ।

पालिकाले बनाएको कार्यविधि बनाई पूर्ण कार्यान्वयनमा शुक्रबारदेखि आएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले भन्नुभयो,‘पहिलो सेवाग्राही तिला गाउँपालिका–१ राराका स्थानीयवासी कल बहादुर शाहीले नक्सा पास गरी पालिकाबाट घर निर्माण आंशिक इजाजतपत्र प्रदान गरिएको छ। अब यहाँका ९ वटै वडामा नक्साको काम अगाडि बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ ।’

नक्सा पास गरी घर तथा भवन निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक, विभिन्न बैंक तथा वित्तीय सस्थाहरुबाट ऋण लिन र घरको वैधानिकता कायम गर्न मद्दत पुग्ने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराएर मात्र निर्माण गर्न ९ वटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाले जनाएको छ। नक्सा पास गरिसकेपछि निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरु लागू गरिएको छ ।

नक्सा पास गरेसँगै निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिकाको नक्सा शाखाले जनाएको छ। नक्सा पास गर्दा आवश्यक पर्ने कागजातहरुमा नागरिकताको प्रतिलिपि(एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि एकप्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि एकप्रति, ट्रस नक्सा एकप्रतिलगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?