काठमाडौं । फेडको ब्याजदर कटौती गर्ने संकेत र द्वन्द्वका बीच यस साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् । उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा पनि सुनको मूल्य बढ्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख सात सय ४० रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछिका दुर्ई दिन केही घटेको थियो । बिहीबारदेखि पुनः बढेको मूल्य शुक्रबार एक लाख दुई हजार एक सय १० रुपैयाँ कायम भएको थियो, जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम एक हजार तीन सय ७० रुपैयाँले बढी हो ।
यस साता चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार एक हजार दुई सय २२ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच