काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ५४ अर्ब ६१ करोड अर्थात् २.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४६ अर्ब ७४ करोड अर्थात् ०.९ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिकमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.३ प्रतिशतले बढेको छ । कात्तिकमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१, २७.३ र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.३, २६.० र ५८.० प्रतिशत थियो । कात्तिकमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । २०७९ कात्तिकमा यस्तो निक्षेपको अंश ३७.१ प्रतिशत थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९९ अर्ब ४० करोड अर्थात् २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६८ अर्ब ५५ करोड अर्थात् १.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिकमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ । कात्तिकमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६३.१ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० र ३६.० प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २.१, विकास बैंकको १.८ र वित्त कम्पनीको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको छ । २०८० कात्तिकमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ कात्तिकमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ र ६६.८ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.९, निर्माण क्षेत्रतर्फको कर्जा ६.५, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.४, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.१, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७, नगद प्रवाह कर्जा १३.९, ट्रष्ट रिसिट (आयात) कर्जा १८.४, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.० र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४०.३ (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत् एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत् दुर्ई खर्ब ८९ अर्ब ५१ करोड गरी कुल दुई खर्ब ९० अर्ब ७१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत् खुद २८ खर्ब ३३ अर्ब ११ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ७५ करोड खुद खरिद गरी दुई खर्ब ३२ अर्ब ७७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ५२ करोड खुद खरिद गरी एक खर्ब ९५ अर्ब ८६ करोड तरलता प्रवाह गरेको थियो ।
त्यस्तै केन्द्रीय बैंकले समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब दुई करोड बिक्री गरी एक खर्ब ३५ अर्ब ५१ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ३६ करोड बिक्री गरी एक खर्ब ७५ अर्ब १६ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच