सुदूरपश्चिममा काँग्रेससहितका तीन दलको सरकार बनाउने समझदारी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । सुदूरपश्चिम प्रदेशमा काँग्रेससहितका तीन दलको एक समझदारी बनेको छ । प्रदेश सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम लाल चौधरी पक्षको अलग्गै समझदारी बनेको हो । कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अगाडि सारेका हुन् । सोही अनुसार तीन दलको समझदारी बनेको उहाँले बताउनु भयो ।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता शाहकाबिच समझदारी बनेका छ । काँग्रेसका १८, समाजवादीका चार र चार जना नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू एक भएका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक २६ मत उनीहरूको पुग्ने भएको छ । नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन् । उनीहरु अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन् ।

सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक पर्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाकाे निधन भएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपछि हाल ५१ सदस्य छन् ।

सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २७ मत मात्र आवश्यक हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?