काठमाडौं । यूएईमा सम्पन्न भएको एसीसी यू-१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ ।
आज भएको फाइनल खेलमा यूएईमाथि १९५ रनको विशाल जित निकाल्दैै बंगलादेशले पहिलो पटक उपाधि हात पारेको हो ।
बंगलादेशले दिएको २८३ रनको विशाल लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा मात्र ८७ रन बनाउन सक्यो ।
जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमा अल आउट भयो । युएईका ध्रुब पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए ।
बलिङतर्फं बंगलादेशका मारुफ मृधा र रोहनत डौल्लाह बोर्सनले समान ३ तथा इकबाल हुसेन इमनले २ विकेट हात पारे ।
बंगलादेशको जितमा ओपनर आशिकुर रहमानले १ सय ४९ बलमा १२ चौका र १ छक्कासहित १ सय २९ रन बनाए ।
मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाउँदा रिजवान र रहमानले दोस्रो विकेटका लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए ।
अरिफुल इस्लामले ४० बलमा ६ चौकासहित अर्धशतक हाने । तेस्रो विकेटका लागि इस्लाम र रहमानले ८६ रनको साझेदारी गरेका थिए ।
युएईका आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए भने ओमैद रहमानले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिन सके ।
आयन खान र ध्रुब पराशरले एक–एक विकेट लिए । सेमिफाइनलमा युएईले पाकिस्तानलाई र बंगलादेशले भारतलाई हराउँदै फाइनल पुगेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच