![‘उपहार’ लाई लिएर उत्साहित छु : रेखा थापा](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Rekha-Thapa.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक, वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिनुभएको थियो । ‘बैंक वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रूपमा गिराउने काम भइरहेको छ,’ गभर्नर अधिकारीले भन्नुभयो, ‘बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, बैंकबाट निस्कनेबित्तिकै हातपात गर्ने समूहलाई तत्काल सरकारले कानुनी कारबाही गर्न आवश्यक देखिन्छ ।’
गभर्नर अधिकारीले केही दिनअघि बैंकर पक्राउको घटनाबाट यो क्षेत्र आतंकित हुन नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयोे, ‘जो साथी पक्राउ पर्नुभएको छ, उहाँहरूले सही काम गर्नुभएको छ भने प्रहरीले राष्ट्र बैंकको प्राविधिक सहयोग खोज्छ नै । गल्ती नै गर्नुभएको छ भने कानुनअनुसार हुन्छ । अरू साथीहरूले आत्तिनु हुँदैन ।’ केही समयअघि धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै सञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक) का तत्कालीन ११ जना कर्मचारीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो ।
गभर्नर अधिकारीले प्रहरी र राष्ट्र बैंक दुवै सरकारको अंग भएकाले एकले गरेको काममा अर्कोले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले यस्तो घटनामा सुरुमै दुई निकायबीच सहकार्य भएको भए राम्रो हुनेसमेत बताउनुभयो । उहाँले आफूहरूले यस विषयमा सिआइबीसँग छलफल गरेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘गत साताको घटना राष्ट्र बैंकसँग सहकार्य नगरीकन पनि सकिन्छ भन्ने सिआइबीबाट आयो । नेपाल प्रहरीले गरिरहेको अनुसन्धान सहकारी संस्थाको रहेछ । सहकारीको छानविन गरिरहँदा त्यसको लहरो तान्दै जाँदा बैंकहरूको कर्मचारीसम्म पुग्नुभएको रहेछ ।’
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रको अवस्थाको जानकारी दिँदै नेपाली बैंकहरू सुरक्षित र बलियो क्षेत्रको रूपमा रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले बैंकहरूको दरिलोपना मापन गर्ने प्राथमिक पुँजी कोषको आधारमा नेपालका बैंकहरूको अवस्था राम्रो रहेको बताउनुभयो । उहाँले यसमा केही बैंकलाई दबाब परेको भए पनि समस्याको तहमा नरहेको जानकारी दिनुभयो । उहाँले बैंकहरूको कर्जाको गुणस्तर केही खस्किएको भए पनि यसमा बाहिरी कारणसमेत रहेको बताउनुभयो । ‘अहिले बैंकहरूको खराब कर्जा औसत तीन प्रतिशतभन्दा केही बढी छ । अर्थतन्त्र, बजारको स्थिति र ऋणीको कमाइको क्षमता घटेको कारण पनि यसमा वृद्धि भएको हो,’ उहाँले भन्नुभयोे, ‘ऋण नतिरे हुन्छ भन्ने अराजक अभिव्यक्तिले पनि समस्या आएको हो ।’
यो अराजकता रोक्न सकेनौँ भने कर्जाको माग नहुने र अर्थतन्त्र विस्तारमा समस्या हुनेसमेत उहाँको भनाइ थियो । कतिपयलाई बैंकिङ क्षेत्रलाई धराशायी बनाउन सके अर्थतन्त्र कमजोर बनाउन सकिन्छ भन्ने लागेकाले पनि बैंकहरू र राष्ट्र बैंकमाथि समेत प्रहार भइरहेको उहाँले बताउनुभयो । यो गतिविधिमा राजनीति गाँसिएको आभास आफूलाई भएको उहाँले बताउनुभएको थियो । अधिकारीले अहिले नेपाल बैंकहरूमा निक्षेपको एकतिहाइ बराबर रकम तरल सम्पत्तिको रूपमा रहेको बताउनुभयो । अहिले बैंकिङ क्षेत्रलाई विदेशी संस्थाहरूले कर्जा दिइरहेकाले पनि यसले सबलता पुष्टि गर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच