सेयर बजार ३४.१७ अंकले बढ्यो

Read Time = 4 mins

काठमाडौं । विगत केही दिनदेखि निरन्तर उच्च अंकले बढेको सेयर बजारमा मंगलबार पनि ३४.१७ अंकले बढेर २०२०.६४ अंकमा पुगेको छ । यस दिन दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता सेयर चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४४ रुपैयाँमा खरिदबिक्री भएका छन् । अघिल्लो दिन सोमबार दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १६ रुपैयाँको कारोबार भएको थियो । कारोबारमा आएकामध्ये दुई सय ३० कम्पनीको सेयर मूल्य बढेकोमा ३४ कम्पनीको घटेको छ भने छवटा कम्पनीको स्थिर रहेको छ । कारोबारमा आएका १३ वटै समूहगत सूचक बढेका छन् ।

उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक ४.३२ प्रतिशतले बढेको छ भने जीवन बिमा २.७३, लघुवित्त २.६४, व्यापार २.४२, होटल तथा पर्यटनमूलक २.३०, फाइनान्स २.१९ र निर्जीवन बिमाको सूचक २.१६ प्रतिशतले बढेको छ । जलविद्युत्, लगानी, विकास बैंक, म्युचुअल फण्ड र अन्य एक प्रतिशतभन्दा बढीले बढेका छन् । बैंकिङ ०.६१ प्रतिशतले बढेको छ । तीन कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । वीन नेपाल लघुवित्त, भूगोल इनर्जी र सिटी होटलको सेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।

हिमालयन डिष्टिलरी ८.८०, शिवम् सिमेन्ट ८.२३, बलेफी हाइड्रोपावर ८.१६, शुभम् पावर ७.९१, कालिञ्चोक दर्शन ७.४७, विजय लघुवित्त ६.९१ र नेरुडे लघुवित्तको सेयरमूल्य ६.८० प्रतिशतले बढेका छन् । तर, प्रभु स्मार्ट फण्डको इकाईमूल्य ३.९३ प्रतिशत घटेर आठ रुपैयाँ ३१ पैसामा झरेको छ भने सिटिजन म्युचुअल फण्ड-२ को इकाईमूल्य ३.१७, युनिलिभर नेपाल ३.१४, सानिमा लार्ज क्याप फण्डको २.६३ र बिओके डिबेञ्चर २०८६ को मूल्य २.५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्ट्सको २७ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी १७ करोड ५० लाख ९५ हजार, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स १६ करोड २६ लाख ७८ हजार, सोल्टी होटल १२ करोड १८ लाख ४६ हजार रुपैयाँ र नेपाल लाइफको आठ करोड ८३ लाख आठ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सर्वाधिक पाँच हजार ९० र शिवम् सिमेन्टको सबैभन्दा धेरै कित्ता अर्थात् पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?