बाग्मती प्रदेशमा कांग्रेसले संख्या बढायो, नुवाकोट १ (ख) बाट महत विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १  (ख)मा  नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी हुनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित हुनु भयो ।

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?