जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी

Read Time = 1 min

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी हुनु भएको छ। अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी हुनुभएको हो ।

निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?