कोशीमा सिटौला भन्दा पौडेल अगाडि

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशीमा अन्यतर्फ पनि फ्लोर क्रस भएको छ ।

जसका कारण जारी मत गणनामा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपा उम्मेदवार उद्धव पौडेलले बढी मत पाउनु भएको छ ।

गठबन्धनका दुई जना प्रदेश सभा सांसदले सिटौलालाई मत नदिएर एमाले–राप्रपा गठबन्धनलाई भोट दिएका छन्।

सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलालाई ४५ जनाले भोट हालेका छन् ।

राप्रपा–एमाले गठबन्धनका उद्धव पौडेललाई ४७ जनाले मत हालेका छन् । एकजना सांसदको मत बदर भएको छ ।

अहिले स्थानीय तहको मतगणना जारी छ ।

यसअघि प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनु भएको थियो । उहाँले सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएको चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको थियो ।

कोशीमा सत्ता गठबन्धनमा फ्लोर क्रस भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?