प्रधानमन्त्रीकै कारण सत्ता गठबन्धन टुट्दैन : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 1 min

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनुभएको छ । चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’

प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उत्तिकै महत्व दिने समेत बताउनुभयो । चितवन आफ्नो घर भएकाले र गोरखा -२ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने उहाँको भनाइ छ ।

प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं- १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?