काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख अतिथिमा दीक्षान्त समारोह हुँदैछ । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु हुने जनाइएको छ ।
यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी गराउनुभयो । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।
अनलाइनमार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको उहाँको भनाइ छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडीतर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच