
म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रमा जंगली जनावरको शिकार गर्ने क्रम तीव्र रूपले बढ्दै गएको छ । उच्च भेगमा अत्याधिक चिसो बढेपछि जंगली जनावर लेकबाट बेसीतिर झरेका कारण जंगली जनावरको चोरी शिकार हुने गरेको स्थानीयले बताएका छन् ।
लुकीछिपी जंगली जनावरको शिकार गर्ने र बजारमा ल्याइ विक्री गर्ने गरेका पाइएको छ । सिकारीहरूले भरुवा बन्दुकलगायत घरायसी हातहतियार र कुकुरको सहयोग लिई रतुवा, बँदेल, थार, र कालिजको शिकार गर्ने गरेको धवलागिरि गाउँपालिका वडा नं २ लुलाङका चेतबहादुर विकले जानकारी दिनुभयो ।
विकका अनुसार धवलागिरि गाउँपालिकाको वडा नं १ गुर्जा,२ लुलाङ लगाएतका ठाउँका जंगलहरुमा जंगली जनावरको शिकार गर्ने गरिएको छ । सदरमुकाम बेनी लगाएत तल्लो क्षेत्रमा कामको खोजीमा रहेका उपल्लो म्याग्दीका वासिन्दाहरु पनि अहिले शिकार गर्नका लागि लेकाली क्षेत्रहरुमा उक्लिएका उहाँले बताउनुभयो ।
“हिउँदका दिनमा तल्लो क्षेत्रमा काम नपाएपछि कामको खोजीमा सहरबजार झरेका यस क्षेत्रका वासिन्दाहरु पनि यता जंगली जनावरको शिकार गर्न पाइने र त्यसलाई बजारमा लगेर विक्री गरी आम्दानी हुने भएकाले लेकतिर उक्लिएका छन्” विकले भन्नुभयो ।
स्थानीयका अनुसार उच्च हिमाली भेगमा चिसो बढेको र अब हिमपात पनि हुनेहुँदा जंगलीजनावरहरु तल्लो क्षेत्रतिर वसाइ सर्ने गर्दछन् । त्यही मौकामा शिकार गर्न सजिलो हुने भएकोले चिसो र हिमपात भएको समय जंगली जनावरको शिकारका लागि उपयुक्त समय हुने गर्दछ ।
स्थानीय बजार तथा सदरमुकाममा जंगली जनावरको मासुको राम्रै मूल्य पाउने भएकाले पनि चोरीसिकार बढी हुने गरेको हो ।
पश्चिम म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकाका जंगलहरुमा मृग,बँदेल,कालिज,तित्रो (वनकुखुरो)लगाएतका जंगली जनावर र पंक्षीहरुको शिकार हुने गरेको स्थानीयले बताएका छन् । सदरमुकाम बेनी बजार,दरबाङ,तातोपानी लगाएतका बजारमा जंगली जनावरहरुको मासु विक्री हुने गरेको छ ।
बजारमा मृगको मासु प्रतिकिलोको रु एक हजार,पाँचसय देखि दुइ हजारसम्ममा बिक्री हुने गरेको धवलागिरि २ का तिलक विकले जानकारी दिनुभयो । मालिका र धवलागिरि गाउँपालिकाका अधिकांश जंगली क्षेत्रहरुमा दिनमै जंगली जनावरको शिकार हुने गरेको उहाँको भनाइ छ ।
जंगलबाट गाउँ पसेका जंगली जनावरलाई स्थानीयले शिकार गर्दैआएको उहाँले बताउनुभयो । जंगलमा खुलेयाम जंगली जनावरको सिकार भए पनि सरोकारवाला मौन रहेको स्थानीयले गुनासो गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले जंगली जनवारलाई नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रवाधान रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच