
काठमाडौं । किरण कुँवरको कप्तानीमा कर्णाली प्रदेशले बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । घोषित टोलीमा किरणसँगै युवा अलराउण्डर अञ्जु गुरुङ, बिना थापा र तिर्सना विश्वकर्मालगायतका खेलाडीहरू हुनुहुन्छ ।
कर्णालीले पहिलो खेल पुस ५ गते कोशी प्रदेशसँग मूलपानीमा खेल्दै सुरुवात गर्नेछ । कर्णालीको टोलीमा किरणकुमारी कुँवर (कप्तान), अञ्जु गुरुङ, बिना थापा, तिर्सना विश्वकर्मा, एञ्जिला थापा, रमा विश्वकर्मा, यमुना थारु, निकिता धमला, निलम शाही, विमला बुढाथोकी, सुराती बुढा, रक्षा खड्का, गौरी बोहरा र करिश्मा शाही रहनुभएको छ ।
यस्तै मधेश प्रदेशले अनुभवी बलर कविता गौतमको कप्तानीमा टोली घोषणा गरेको छ । घोषित टोलीमा नेपाली क्रिकेट टोलीका अलराउण्डर विवेक यादवकी बहिनी साक्षी यादव पनि हुनुहुन्छ । साक्षीले शीर्षक्रममा ब्याटिङसँगै तीव्रगतिमा बलिङ पनि गर्नुहुन्छ ।
मधेशको टोलीमा कविता गौतम (कप्तान), अनुराधा चौधरी, एलिसा यादव, प्रतिमा शाह, साना प्रवीन, सबनम खातुन, मिना महतो, पूजा महतो, साक्षी यादव, रोजी कडारी, भूमि सिंह, आरती महतो, सरस्वती चौधरी र चान्दानी खातुन हुनुहुन्छ । यस्तै वैकल्पिक खेलाडीमा सीमा कुँवर, मोनिका शाह, अमिशाह पटेल र अर्चना चौधरी रहनुभएको छ ।
घरेलु टोलीमा मधेशबाट लगातार राम्रो प्रदर्शन गर्दै आउनुभएकी साना प्रवीन पनि टोलीमा हुनुहुन्छ । मधेशले पुस ५ गते टियु क्रिकेट मैदानमा बागमती प्रदेशसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । पुस ६ गते नेपाल एपिएफ क्लबसँग टियुमा खेल्नेछ । सबै टोलीले एकअर्कासँग खेलेर शीर्ष चारमा पर्न सके प्लेअफ खेल्नेछन् ।
पिएम कप महिला पुस ५ देखि १७ गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सात प्रदेश र नेपाल एपिएफ क्लबको सहभागिता रहनेछ । पहिलोपटक राउण्ड रोविनका आधारमा खेल हुनेछ । सबै टोलीले एकअर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच