अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

अछाम । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का  कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार  भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?