हावाहुरीले हुम्लामा हवाई सेवा अवरूद्ध

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज विहानदेखि चलेको हावाहुरीले हवाई सेवा अवरुद्ध भएको छ । जिल्लामा हावाहुरी चल्दा आज विहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा हावाहुरीको कारण आज अवरुद्ध हुम्लामा उडान भर्न नसकेको तारा एयर सिमकोटका कर्मचारी लोकेन्द्र बोहराले बताउनुभयो । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएको तारा एयरका कर्मचारी बोहराले बताउनुभयो ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको हो । नेपालगञ्जबाट हुम्लाका लागि उडान भर्ने नेपाल एयरलाइन, समिट, तारा र एयरका जहाजले जिल्लामा उडान भर्दै आएका छन् ।

नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन । भने जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?