नयाँदिल्ली । भारतमा दुई दिनमा १२७ सांसद निलम्बनमा परेका छन् । मंगलबार थप ४९ सांसदलाई भारतको लोकसभाबाट निलम्बन गरिएको हो । समाचार एजेन्सी पिटीआईको रिपोर्टनुसार यसमा फारुक अब्दुल्ला, शशि थरुर, मनिष तिवारी सामेल हुनुहुन्छ । सोमबार रेकर्ड ७८ सांसद निलम्बित भएका थिए । पछिल्लो दुई दिनमा दुवै सदनबाट जम्मा १२७ सांसद निलम्बनमा परेका हुन् । विपक्षीहरूले मोदी सरकारमाथि तानाशाहीको आरोप लगाएका छन् ।
सोमबार राज्यसभा र लोकसभामा हंगामा भएपछि यति ठूलो संख्यामा सांसद निलम्बित भएका थिए । केही महत्वपूर्ण विधेयक सदनमा पेश हुन लागेको बेला यो निलम्बन गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार संसदीय मामिला मन्त्री पहृलाद जोशीले लोकसभामा सदनभित्र प्लेकार्ड नराख्ने निर्णय भएको बताउनुभएको छ ।
उनीहरू (प्रतिपक्ष) भर्खरैको निर्वाचनमा हारेको निराशाले यस्तो कदम चालिरहेको उहाँको आरोप छ । त्यसैले सांसदहरूलाई निलम्बन गर्ने प्रस्ताव ल्याइरहेको उहाँले बताउनुभयो । डिसेम्बर १३ मा चार व्यक्तिले संसद् परिसरभित्र र बाहिर प्रदर्शन गर्नुका साथै र रंगीन धुवाँ छोडेका थिए । संसद्को सुरक्षामा भएको ठूलो लापरबाहीबारे विपक्षीले गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सदनमा जवाफ मागिरहेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच