
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलवासमा केन्द्रीय कार्यालय रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाको मंगलबार २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रताप साहको अध्यक्षता तथा सर्लाही १ का सांसद रामप्रकाश चौधरीको उपस्थितिमा आयोजित साधारणसभामा पूर्वमन्त्री एवं सांसद चन्दा चौधरी, ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्य, हरिपुर नगरपालिकाका पूर्वप्रमुख जमिरुद्धिन मन्सुर, ईश्वरपुर नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद रहमान अन्सारीलगायतको उपस्थिति रहेको थियो । संस्थाले आर्थिक वर्ष २०७९/०८० मा एक करोड सात लाख ७३ हजार चार सय ७८ रुपैयाँ मुनाफा गरेको जनाएको छ । मुनाफाबाट सेयर सदस्यलाई छ प्रतिशत लाभांश वितरण गरिने बताइएको छ ।
साधारणसभाका अवसरमा शंकरमान श्रेष्ठ, जमिरुद्धिन मन्सुरलगायत २१ जनालाई सफल उद्यमी सम्मान, १४ वटा समूहलाई उत्कृष्ट केन्द्र समूह, पत्रकार डुकुप्रसाद कोइरालालाई चमेली साकोस पत्रकारिता सम्मान, मलंगवा शाखालाई उत्कृष्ट शाखा सम्मानसहित उत्कृष्ट कर्मचारी, बचतकर्तालगायतलाई सम्मान गरिएको थियो । संस्थाले मलंगवा, गोडैता र बरहथवा सेवा केन्द्रको साधारणसभापछि केन्द्रीय कार्यालयमा मुख्य साधारणसभा गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच