दुई लाख बढी रकम चोरेको अभियोगमा पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सुरक्षा गार्ड प्रक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालको टिकट काउन्टरबाट नगद रकम चोरी गरेकाे अभियोगमा गार्डलाई प्रहरीले हिरासतमा लिइएको छ ।

अस्पतालबाट नगद पैसा चोरीमा संलग्न एक जना गार्डलाई सोमबार अस्पतालबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ । पृथ्वी चन्द्र जिल्ला अस्पतालमा परासीमा विगत ८/९ महिना देखि गार्डको रुपमा कार्यरत पाल्हीनन्दन गाउँपालिका वडा नं ०६ बस्ने राजु हरिजनले अस्पतालको काउन्टरबाट पैसा चोरी गरेको पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुरिटेण्डेण्ट डाक्टर किरण पाण्डेले बताउनु भयो । उहाँ भन्नुहुन्छ -काउन्टरमा पैसा थियो काउन्टरले दिएको जानकारी अनुसार गार्डले २ लाख ११ हजार चोरी गरेका छन् । हामी संग सिसिटिभी फुटेज पनि छ । प्रहरीको सहयोगमा थप अनुसन्धान चलेको छ ।'

राति ११ बजे २ लाख ११ हजार रुपैया चोरी गरेको विषय अस्पतालको सिसिटिभि क्यामरामा रेकर्ड गरिएको छ । अस्पतालमा चोरीका घटनाहरु विगतका दिन देखि हुँदै आएको तर व्यवस्थापन निकायले लापरवाही गरेको एक स्थानियले बताउँछन् ।

यस पटक चोरी गरेको रकम मध्य २ हजार ६ सय ४० रुपैयाँ भेटिएको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी तथा प्रहरी नायव निरीक्षक रेशम बोहराले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?