सम्झौता गर्न नगरपालिका नै धाउनु पर्ने वडावासीको बाध्यता हट्यो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । योजनाहरु सम्झौता गर्नका लागि पालिका पुग्नु पर्ने बाध्यताबाट भोजपुरको षडानन्द नगरपालिकाका नागरिकहरु मुक्त भएका छन् । नगरपालिका धाउन पर्ने झन्झट हटाउँदै सम्वन्धित वडाहरुबाट नै योजना सम्झौता सुरु भए पछि यो बाध्यता हटेको हो ।

टाढाका वडाहरुबाट सम्झौताका लागि पालिकाको केन्द्र नै आउनु पर्ने बाध्यता हटाउनका लागि वडा तहबाट नै योजनाहरु सम्झौता थालिएको नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । “नगरवासीको सुबिधा र सहजताको लागि पालिकाको केन्द्र भन्दा टाढा वडाका योजनाहरु अव उही सम्झौता हुन्छन ।” नगर प्रमुख उदासले भन्नुभयो, यसले वडावासीलाई पनि राहत हुन्छ ।

पालिकाको केन्द्रहरु भन्दा टाढा रहेको वडाहरु १,२,३,९,१०,११,१२,१३ र १४ मा जनप्रतिनिधि, कर्मचारी र राष्ट्रिय बाणिज्य बैंक दिंला शाखाको टोलीले वडाका योजनाहरुको सम्झौता वडा तहमा नै सम्झौता गर्ने छन । वडा नम्वर १ नेपालेडाँडाबाट सम्झौताको थालनी गरिएको पालिकाले जनाएको छ । बैंक खाता खोल्ने, केवाईसी फारम भर्नेलगायतका काम सवै वडावाटै गरिने छ ।

सम्झौताको सवै कामहरु तहबाट नै हुने काम सम्पन्न भएपछि एक पटक मात्र रकम भुक्तानीको पालिकामा आउँदा हुने नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो । साना योजाहरुको सम्झौताका लागि पनि पालिका धाउनु पर्ने बाध्यता हटेकोमा वडावासीहरु समेत खुशी देखिनु भएको छ । पालिकाले गरेको निर्णयले वडालाई समेत राहत मिलेको षडानन्द नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष राजेश कटुवालले बताउनुभयो ।

षडानन्द नगरपालिका भित्र १४ वटा वडाहरु छन् । बाँकी वडाहरुमा समेत निर्धारित मितिमा योजना सम्झौताको लागि सबै योजनाका उपभोक्ता समितिलाई सुचित गर्नको लागि सम्बन्धित वडाध्यक्षहरुलाई नगर प्रमुख उदासले अनुरोध गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?