कालीकोट । कालीकोटमा ६० हजार जना भन्दा बढी नागरिकलाई टाइफाइड रोग बिरुद्धको खोप लगाइने भएको छ । १८ वर्षदेखि ४५ वर्ष उमेर समुहका नागरिकलाई पुस १२ देखि १४ र १६ देखि १८ गतेसम्म टाइफाइड बिरुद्धको खोप लगाइने भएको हो ।
पहिलो चरणमा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका र महावै गाउँपालिकामा खोप लगाइने स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा बुधबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा टाईफाइड खोप अभियान २०८०/०८१ सम्बन्धि जिल्ला स्तरीय खोप समन्वय समितका पधाधिकारी र सञ्चारकर्मीसँगको अन्तिरक्रिया कार्यक्रममा १८ वर्ष देखी ४५ वर्ष उमेर समुहका नागरिकहरुलाई अनिवार्य रुपमा खोप लगाउने स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत बिश्वकर्माले बताउनुभयो ।
दोस्रो चरणमा खाँडाचक्र, रास्कोट, पचालझरना, सान्नी त्रिवेणी र शुभकालिका गाउँपालिकामा १६ गतेदेखी १८ गतेसम्म खोप लगाइने स्वास्थ्य सेवा ब्यवस्थापक बिश्वकर्माले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत (बिक) को सभाअध्यक्षता, प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको आतिथ्यता, प्रहरी प्रमुख, पत्रकार महासंघका अध्यक्ष, गैसस माहासंघका अध्यक्ष लगायतका जिल्लाका सरोकारवाला र सञ्चारकर्मीहरुको उपस्थितीमा अभिमुखिकरण गरिएको थियो ।
कोभिड बिरुद्धको खोप जस्तै टाईफाइड बिरुद्धको खोप अनिवार्य लगाउनुपर्ने सहभागिको भनाई थियो । कालीकोटमा अहिलेसम्म लगाइएका १३ थरिका खोपहरुको बारे जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी गराउनुभएको थियो ।
सूचना अधिकारी महतका अनुसार कालीकोटमा ६० हजार बढी नागरिलाई यो खोप लगाइने छ । खोप लगाउने क्रममा टाईफाइड रोग लागेका त्यस्ता बिरामी भेटिएको खण्डमा उनिहरुलाई पनि यो खोप लगाउन सकिने बताउनुभयो ।
खोप १ पटक लगाए आजीवनसम्म पुुग्ने खोपले टाईफाइड सार्नबाट रोक्नुका साथै रोग निर्मूल पार्न सहयोगी हुने भएकाले अन्य समूहका लाई पनि क्रमिक रुपमा खोप लगाउने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच