काठमाडौं । नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच बैंकका ग्राहकको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानुनी र कर व्यवस्थापनमा उपाय बिजनेस सोलुसन्सको सेवा लिनेछन् ।
उपायले व्यावसायिक सेवाबारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुका साथै बैंकका ग्राहकलाई आवश्यकताअनुसार क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ । सम्झौतापत्रमा नबिल बैंकका एसएमइ, एमएफ एण्ड एसबी प्रमुख अमित श्रेष्ठ र उपायकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा नबिल बैंकका श्रेष्ठले भन्नुभयो, ‘नबिल बैंक, साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि आकर्षक ब्याजदरमा यथाशीघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधा र सेवा उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ । हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीको वित्तीय व्यवस्थापनमा पूर्णता प्रदान गर्नेछ ।’ उपायकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, ‘उपायले कर्जासम्बन्धी सेवाका साथै वित्तीय व्यवस्थापन, कानुनी र कर व्यवस्थापनसम्बन्धी व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच