काठमाडौं । वरिष्ठ साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ)द्वारा रचित राष्ट्रिय भावको गजल ‘म बाँचेर के भो...’ सार्वजनिक भएको छ । विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत एवं स्वर रहेको
म बाँचेर के भो छ यो राष्ट्र दुख्दै
म हाँसेर के भो छ यो राष्ट्र दुख्दै
गजलको भिडियो सार्वजनिक भएको हो ।
विशेषगरी कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा कलम चलाउँदै आउनुभएकी कृष्णादेवी अहिले सांगीतिक गजलमार्फत देशको समसामयिक अवस्थालाई चित्रित गर्नुभएको छ । उहाँको गजल रचनालाई सन्तोष श्रेष्ठले संगीत र स्वरको मधुरताले श्रवणीय मिठास भर्नुभएको छ ।
वीरेन्द्र भाट ‘विपिन’को छायांकन र सम्पादनमा भएको दृश्य निर्माणमा संगीतकार/गायक आफैं अभिनयमा जोडिनुभएको छ । गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसनको युबट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर