काठमाडौं । वरिष्ठ साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ)द्वारा रचित राष्ट्रिय भावको गजल ‘म बाँचेर के भो...’ सार्वजनिक भएको छ । विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत एवं स्वर रहेको
म बाँचेर के भो छ यो राष्ट्र दुख्दै
म हाँसेर के भो छ यो राष्ट्र दुख्दै
गजलको भिडियो सार्वजनिक भएको हो ।
विशेषगरी कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा कलम चलाउँदै आउनुभएकी कृष्णादेवी अहिले सांगीतिक गजलमार्फत देशको समसामयिक अवस्थालाई चित्रित गर्नुभएको छ । उहाँको गजल रचनालाई सन्तोष श्रेष्ठले संगीत र स्वरको मधुरताले श्रवणीय मिठास भर्नुभएको छ ।
वीरेन्द्र भाट ‘विपिन’को छायांकन र सम्पादनमा भएको दृश्य निर्माणमा संगीतकार/गायक आफैं अभिनयमा जोडिनुभएको छ । गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसनको युबट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच