ललितपुर । सवल जल सुरक्षा र जलवायु उत्थानशीलताका लागि भन्ने नाराका साथ सोमबारदेखि राजधानीमा क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वर्षात्को पानी संकलन र व्यवस्थापन पानी संकट र पानीजन्य संकट समाधानका लागि वरदान साबित हुने बताउनुभएको छ ।
स्मार्ट वास सोलुसन्स प्रालि र नेदरल्याण्ड्सको विकास सहयोग संस्था९एसएनभी नेपाल०द्वारा संयुक्तरूपमा आयोजित वर्षात्को पानी संकलन र व्यवस्थापन विषयक सम्मेलनमा उहाँले जलवायु परिवर्तनका कारण पानीका स्रोतमा परेको प्रतिकूल प्रभाव हटाउन पनि वर्षात्को पानी संकलन र व्यवस्थापन अति आवश्यक रहेको बताउनुभयो ।
बर्षातको पानी संकलनले संयुक्त राष्ट्रसंघद्वारा घोषणा गरिएको दिगो विकास लक्ष्यअन्तर्गतको छैटौँ लक्ष्यको सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित खानेपानी पु¥याउने लक्ष्य हासिल गर्न पनि सहयोग पुग्ने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले राष्ट्र संघद्वारा निर्धारित दिगो विकास लक्ष्य एकअर्कासँग अन्तरसम्बन्धित भएको र तीमध्ये धेरै लक्ष्य हासिल गर्न पर्याप्त पानी आवश्यक हुने भएकाले पानीको उपलब्धतालाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो ।
पूर्वमन्त्री गणेश साहले जल सुरक्षाका लागि वर्षात्को पानीको महŒवपूर्ण भूमिका हुने भन्दै वर्षात्को पानी संकलनले प्रत्यक्ष खानेपानी, घरेलु उपयोगको पानी, कृषि, उद्योग र अन्य कार्यमा उपयोग हुने पानीको खाँचो परिपूर्तिका साथै पानीका स्रोत पुनर्भरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो । वर्षात्को पानी संकलन र प्रशोधन, प्रयोग गरिएको पानीको पुनः प्रशोधनका साथै पुनः उपयोग, जमिनमुनिको पानीको पुनर्भरणका नवीनतम् प्रविधिको खोजी, विकास र विस्तार गर्न जलप्रविधिको विकास जरुरी भएको उहाँको भनाइ थियो ।
पूर्वमन्त्री साहले जलवायु परिवर्तनका ८० प्रतिशत बढी विषय पानीसँग सम्बन्धित रहेको उल्लेख गर्दै हिमालयबाट बग्ने नदी प्रणालीमा निर्भर विश्वका एक अर्बभन्दा बढी नागरिकको जीविकोपार्जनलाई ध्यान दिंदै राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले नेपालमा आएर हिमाल जोगाउन सन्देश दिनुभएको स्मरणसमेत गराउनुभयो ।
एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा। बिन्दुनाथ लोहनीले मुख्य प्रवचन दिनुभएको थियो । उहाँले जलसुरक्षणका चुनौती, जल उत्थानशीलता र भावी दिशाबारेमा प्रकाश पार्दै जलसुरक्षण र जलवायु परिवर्तनका असरलाई पूर्वाधार निर्माण आयोजना तर्जुमा चरणमै समावेश गर्नुपर्ने, वर्षात्को पानी संकलन र व्यवस्थापनसहित पानी आपूर्तिका योजना आर्थिक हिसाबले उपयुक्त र न्यायोचित हुनुपर्ने र पानी उपलब्धताजस्तो मौलिक अधिकारका विषय सरकारी नीतिमा स्पष्ट परिभाषित हुनुपर्ने बताउनुभयो ।
इन्टरनेसनल रेनवाटर हार्भेष्टिङ एलाइन्सका अध्यक्ष ई। हान्स हाइजनानले आफ्नो देशले केही वर्षअघि नदीहरूको बाढी नियन्त्रणमा सफलता पाएको उल्लेख गर्दै अहिले गरिएको लगानीले वर्षांैसम्म १०औँ गुणा फाइदा हुने बताउनुभयो । उहाँले दक्षिण एसिया क्षेत्रमा वर्षात्को पानी संकलन र व्यवस्थापनमा मौलिक अनुभव भएकाले सम्मेलन आपसी अनुभव आदानप्रदान गर्न र प्रविधि विस्तार गर्न उपयोगी हुने बताउनुभयो । आकाशबाट झरेको पानी उपयुक्त समयमा उपयुक्त स्थानमा संकलन गरेर मानवहितमा उपयोग गर्न सकिने हाइजनानको भनाइ थियो ।
युनिसेफका मोहम्मद इफ्राद सैयद अलाईले बाढी र सुक्खाका कारण बालबालिका पनि प्रभावित भएको उल्लेख गर्दै वर्षात्को पानीको संकलन र व्यस्थापनले दुवै समस्याको समाधान दिने बताउनुभयो ।
सम्मेलनको प्राविधिक समितिका अध्यक्ष एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा। सुनिलबाबु श्रेष्ठले सम्मेलनमा प्राप्त कार्यपत्र, व्यावसायिक सत्रका बारेमा प्रकाश पार्नुभएको थियो । सम्मेलनमा दुर्ई प्लेनरी सेसन, पाँच प्राविधिक सेसन तथा दुई प्यानल डिस्कसन सेसन डिजाइन गरिएको छ । सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुुनेछन् ।
काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन मंगलबार समापन हुनेछ । कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक कमलराज श्रेष्ठ, स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष ई। रामदीप साहले वर्षात्को पानी संकलन र व्यस्थापनबाट खानेपानीको समस्या समाधानमा ठूलो सहयोग पुग्ने भएकाले सम्मेलन गरिएको बताउनुभएको छ ।
सम्मेलनको सहआयोजकमा इन्टरनेसनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ रहेका छन् भने युनिसेफ, विश्व स्वास्थ्य संगठन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नगर विकास कोष, बायोग्याँस सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेसन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भायरोमेन्ट र बेष्ट पानीले पनि सहयोग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच