सुरेन्द्रकुमार दाहालको जीवनी विमोचन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सके सच्चिन होइन भने सरकारका लागि मार्ग प्रसस्त गरिदिन आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालद्वारा लेखिएको सुरेन्द्रकुमार दाहालको जीवनीसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।

नेपाली कांग्रेस यस्तो अवस्था रहिरहे सरकारबाट बाहिरिनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । ललिनपुरस्तिथ महालक्ष्मी स्थानको डिलाइट पार्टी भेन्युमा समाजसेवी सुरेन्द्रकुमार दाहालसम्बन्धी पुस्तक विमोचन समारोहमा इतिहासको अध्येता कृष्णविक्रम नेम्वाङको अध्यक्षता रहेको उक्त कार्यक्रो खोकिला दुलालले सहजीकरण गर्नुभएको थियो । लाइन्स इन्टरनेसनल ३२५ का गभर्नर हरिप्रसाद दाहालले स्वागत मन्तव्य दिनुभएको थियो भने उक्त कार्यक्रममा विशिष्ड अथितथिका रूपमा पूर्वसचिव महेश दाहाल रहनुभएको थियो ।

उक्त पुस्तकमाथि प्राडा.रामप्रसाद खतिवडा, अमर वान्तु तथा रञ्जु दाहालले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । पुस्तकका लेखक तथा सम्पादक बालकृष्ण दाहाल, पुस्तक नायक सुरेन्द्रकुमार दाहाल, तथा लाइन्स इन्टरनेसनल ३२५ का पूर्वगभर्नर तथा अनन्तप्रसाद भेटवालले पनि आआफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सुरेन्द्रकुमार दाहालकी १०० वर्षीया आमा सुभद्रा दाहालको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?