सप्तरी । सुरुंगा नगरपालिका मधुपट्टी सप्तरीले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नगरपालिकाले सधैँ प्रचलित ऐन कानुन र कार्य विधिअनुसार पारदर्शी रूपले आफ्ना योजनाहरू तयार गरी सम्पन्न भइरहेको जानकारी दिएको छ ।
जारी विज्ञप्तिअनुसार : साबिक दौलतपुर-५ जुगल साहको घरदेखि उत्तर मण्डन टोलसम्म पिसिसि ढलान गर्न १५ लाख आन्तरिक स्रोत र साबिक दौलतपुर-४ लट्टु चौधरीको घरदेखि पश्चिम जनप्रभात मावि छेउको पार्कसम्म पिसिसि ढलान गर्न ११ लाख सममानीकरण स्रोत जुटाउने निर्णय नगरसभाले गरेको थियो । एकीकृत रूपमा रहेका ती दुवै स्थानको ढलानका लागि ठेक्का आहृवान गर्दा ओमकारा इञ्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन राजविराजले भ्याटसहित २० लाख ७७ हजार ३१ रुपैयाँमा ठेक्का पाएको पालिकाले जनाएको छ ।
पालिकाले निर्धारित समयमा जुगल साहको घरदेखि मण्डन टोलसम्मको ढलान पूरा भए पनि त्यसका लागि रकम अपुग भएको हुनाले एकीकृत योजनाका आधारमा अर्को लट्टु चौधरीको घरबाट जनप्रभात माविसम्मको योजनाको रकमबाट सम्पन्न कामको भुक्तानी गरिएको जनाएको छ । काम सम्पन्न भएको आधारमा भुक्तानी भएको र बाँकी रकम काम सम्पन्न भएपछि मात्रै दिने तय भएको छ । सम्पन्न कामको योजनाबाट मूल्यांकन भएबमोजिम १३ लाख ६८ हजार ६४७ र ७० पैसा मात्रै भुक्तानी दिएको हुनाले यसमा गलत सूचनाका कारण भ्रममा नपर्न आग्रहसमेत गरिएको छ ।
नगरपालिका सदा नगरवासीको हित र नगरको विकासमा निष्ठासाथ सक्रिय रहेको र नागरिकहरूको समेत आवश्यक सहयोग रहेको नगरप्रमुख गीता चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नगरप्रमुख चौधरीले पालिकाले गरेका जनमुखी कार्यप्रति सहिष्णु हुन नसक्नेहरूले केही भ्रम छर्ने गरी प्रचारवाजी गरेको हुनाले नगरवासीहरूलाई भ्रमित नहुनसमेत अनुरोध गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच