उपचारका क्रममा सुत्केरीको मृत्यु

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका– ५ का २२ वर्षीया अंशु बुढाको कडा खाले निमोनियाले उपचारका क्रममा बाजुरा जिल्लाको कोल्टीमा रहेका प्राथमिक उपचार केन्द्रमा सोमवार राति मृत्यु भएको हो । सुत्केरी भएको दश दिन पछि २२ वर्षीया युवतीको निमोनियाले ज्यान गुमेको छ ।

सुत्केरी भएको एघारौँ दिनमा बुढाको उपचारका क्रममा मृत्यु भएको ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । उहाँका अनुसार सुत्केरी बुढाको कडा खाले निमोनियाको कारण मृत्यु भएको हो । गत पुस १२ गते गर्भवती बुढालाई सामान्य रुपमा मदाना स्वास्थ्य चौकीको प्रसुती गृहमा सुत्करी गराएर आमा र शिशुलाई घर पठाइएको थियो ।

पहिलो सुत्केरी भएको कारण चिल्लो, पिरो, चिसो, धुँवा धुलोको घरपरिवारका सदस्यहरुले वास्ता नगरेको कारण बुढालाई निमोनियाले छोएको हुन सक्ने बताएइएको छ । मृतक बुढाको दुई दिनअगाडि मात्र स्वास्थ्य चौकीमा ल्याउँदा चेकजाँच पछि कडा निमोनिया लागेको पत्ता लागेको प्रमुख ढकालले बताउनुभयो ।

मदाना स्वास्थ्य चौकीले उपचार गर्न नसकिने भन्दी कोल्टी प्राथमिक उपचार केन्द्रलाई रिफर गरेको थियो । घरपरिवारले सोमबार दिउँसो दुई बजेपछि मात्रै उहाँलाई कोल्टी पु¥याएको थियो । कोल्टीका चिकित्सकहरुले पनि उपचार गर्न नसकिने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए । सो समयमा कोल्टी बिमानस्थलको हवाई सेवा बन्द भइसकेको थियो । बुढालाई मंगलबार बिहान हवाई जहाजबाट नेपालगंज उपचारका लागि लैजानै तयारी परिवारका सदस्यहरुले गरेका थिए ।

बाह्र दिने शिशु अहिले परिवारका सदस्यसँगै रहेका छन् । ती नवजात शिशुलाई एसओएस बालग्राम सुर्खेतमा पालन पोषणका लागि लैजाने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?