आन्दोलन चर्किएकै बेला इरानको इभिन जेलमा भीषण आगलागी

हिमालय टाइम्स
Read Time = 1 min

तेहरान । इरानको सबैभन्दा सुरक्षित र चर्चित मानिएको इभिन जेलमा आगलागी भएको छ ।

राजनीतिक कैदीहरू, पत्रकारहरू र विदेशी नागरिकहरूलाई बस्नका लागि परिचित जेलमा भीषण आगलागि भएको र बम गोलीको आवाज पनि सुनिएको बीबीसीले जनाएको छ ।

राजधानी तेहरानको एक छेउँमा रहेको जेलमा लागेको आगो र बम गोलीका आवाजले पुरै राजधानीलाई आतंकित बनाएको खबरमा उल्लेख छ ।

इभिन जेलमा हालैको प्रदर्शनमा संलग्न सयौँ व्यक्तिलाई राखिएको अनुमान छ । एक अधिकारीले स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।

इरान केही सातादेखि सरकार विरोधी प्रदर्शनले आक्रान्त छ । गत महिना २२ वर्षीय कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आन्दोलन चर्किएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?