काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताउनु भएको हो । आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उहाँले बताउनु भयो ।
‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भन्नुभयो । आयोगले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ । अध्यक्षसहितको सात वटा उच्चस्तीय टोलीले मतदानको अनुगमन गरेको थियो। उहाँका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ । ७७ वटै जिल्लामा अनुगमन गरेको थियो ।
आयोगका अनुसार देशका कतिपय निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल