काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिलेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गर्नुभएको छ ।
शुक्रवार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै काँग्रेस नेता रिजालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताउनु भयो ।
उहाँले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कही पुग्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘आफूले गरेको काम र अनुभवलाई देशलाई ठिक बाटोमा लिएर जानको लागि हो । नेपाली जनताले तिरेको कर होस् । विदेशीसँग लिएको ऋण वा निजी क्षेत्रबाट ल्याएको ऋण होला । अथवा भोलि पोटफोलियो लगानी ल्याउने स्टक मार्केट कुरा गरिरहेका छौं । यसलाई कसरी पारदर्शीता बनाउन सकिन्छ भन्ने हो । मलाई सोध्नुहुन्छ भने नेपालको एउटा विषय नै सबैभन्दा ठूलो समस्या हो । विगतको ७/८ वर्षदेखि नेपालको शासन यसरी नाच भएको छ । यो लेवलको कुशासनबाट हामी कही पनि पुग्न सक्दैनौँ । शासन ठिक बाटोमा अर्थात शासन पारदर्शीता बनाउने बाटोमा जाने हो भने मुलुकको अर्थतन्त्र जरुक उठेर हिँड्ने अवस्था छ । त्यहाँ पोर्टफोलिया लगानी,वैदेशिक लगानी पनि आउँछ । नेपालको निजी क्षेत्रको लगानी पनि आउँछ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको विकासमा सहभागिता जनाउने छन् । त्यसको लागि आधार बनेको छ ।’
उहाँले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताउनु भयो । उहाँले अर्थतन्त्र सवल बन्ने सबै आधारहरु बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताउनु भयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच