भोजपुर । नागरिकता लिनबाट बञ्चित भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिकाका एक ब्यक्तिलाई घरमै पुगेर शुक्रवार नागरिकता प्रदान गरिएको छ ।
जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नम्वर १, कुलुङका हजुरमान विश्वकर्मालाई इलाका प्रशानसले वडाको समन्वयमा नागरिकता बितरण गरेको हो ।
शारीरिक अशक्तताको कारणले इलाका प्रशासन कार्यालय दिङलासम्म पुगेर नागरिकता लिन नसक्ने भएपछि इलाका प्रशासनका कार्यालय दिङलाका प्रमुख बिनोद अधिकारी सहितको टोलीले हजुरमानलाई ०९–०२–८०–०१०१७ नम्वर भएको नागरिकता प्रदान गरेको छ ।
२०१० साल फागुन २२ गते जन्म रहेका हजुरमानले ७० बर्षको उमेरमा घरमै पुगेर नागरिकता पाएपछि खुशी महशुस गर्नु भएको छ । नागरिकता लिनबाट बञ्चित पालिकाका नागरिकलाई सम्वन्धित वडाको समन्वयमा नागरिकता बनाउन सहयोग हुदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच