समृद्धिको खरेन्द्रपुर शाखा उद्घाटन

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको १३औँ शाखा कार्यालय कपिलवस्तुको खरेन्द्रपुरमा सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाइनान्सका सञ्चालक विनोदकुमार सुवेदीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत चूडामणि खनालले सञ्चालन गर्नुभएको कार्यक्रम कम्पनीका सञ्चालक विनोदकुमार सुवेदीको सभापतित्वमा भएको थियो ।

सो अवसरमा मेयर अजय थापाले स्थानीयस्तरमा बंैकको अत्यधिक आवश्यकता रहेकोमा समृद्धिको शाखा स्थापनाले स्थानीयवासीलाई सहज हुने बताउनुभयो । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे, शिवराज नगरपालिका ३ का वडाध्यक्ष टेकलाल सापकोटा र वडा ४ का वडाध्यक्ष नसिम अहमद खाँलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?